बजार संक्षेप

मंगलबार नेप्से ७० अंकले घट्यो

  नागरिक   2021-09-28

मंगलबार नेप्से परिसूचक ७० अंक घटेको छ। सोमबार २६८५.४५ विन्दुमा बन्द भएको बजार यस दिन २६१५.४० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ११.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१८ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब १२ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २१८ कम्पनीको ७५ हजार ३७४ पटकको कारोबारमा ५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 

 

यसमा तपाईको मत