बजार संक्षेप

मंगलबार प्रि ओपनमा नेप्से २ अंकले घट्यो

  नागरिक   2021-09-28

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ।  सोमबार ७३.०५ अंक घटेर २६८५.४१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८१ अंक घटेर २६८३.६० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१५ अंक बढेको छ।

यस दिन प्रि ओपन सेसनमा १७ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ४ कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाईको मत