बजार संक्षेप

सोमबार नेप्से ११४ अंकले ओरालो

  नागरिक   2021-09-20

सोमबार ८ अर्ब ४९ करोड ३४ लाख बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४ अंकले घटेको छ। आज नेप्से ११४.०२ अंकले घटेर २६९८.२५ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ।

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ। शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९८९.८० रुपैयाँमा पुगेको छ ।

त्यस्तै, १८१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । चार कम्पनीका लगानीकर्ताले मात्र कमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ४० करोड भन्दा बढीको कारोबार भएको छ ।

 

यसमा तपाईको मत