बजार संक्षेप

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  नागरिक   2021-09-20

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज ५ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज १८ गते साधारण सभा डाकेको छ। सो सभा कम्पनीको कार्यालय, झम्सिखेल, ललितपुरबाट भर्चुअल माध्यमबाट २९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सोही प्रयोजनार्थ कम्पनीले असोज ५ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्न लागेको हो।

 

 

 

यसमा तपाईको मत