भिडियो

नेपाल एसएमई व्यापार मेला’ सुरु

  बिश्वास खनाल   2019-09-05

काठमाडौँ- साना तथा मझौला व्यवसायी महासंघ नेपालले आयोजना गरेको बिहीबारबाट काठमाडौंको भृकृटीमण्डपमा सो मेला सूरु भएको हो । मेलाको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले साना तथा मझौंता उद्यमीहरुको सो मेलाले पनि मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुर्यौउने विश्वास व्यक्त गरे। उनले मुलुकको आर्थिक समृद्धि एक मात्रै अभिष्ट रहेको उल्लेख गर्दै त्यसमा एकतावद्ध भएर अघि बढन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे।

कार्यक्रममा बोल्दै साना तथा मझौंला व्यवसायी महासंघ नेपालका अध्यक्ष बाबुबाजी महर्जनले नेपालको उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यका साथ सो मेला आयोजना गरिएको स्पष्ट पार्नु भयो । ५ दिनसम्म चल्ने मेलामा क्रेताले स्वदेशी उत्पादनको उपयोग गर्न पाउने र विक्रेताले आफ्नो उत्पादनको मागबारे जानकारी लिने पाउने अपेक्षा गरिएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गरिएको सो मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिएको छ ।

यसमा तपाईको मत