बजार संक्षेप

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

    2019-06-19

काठमाडौँ- लोकसंगीतलाई व्यावसायीक बनाउने प्रयास स्वरुप नेपाली TV Channel मा सर्वाधिक रुचाइएको Reality Show विधासंग लोक संगीतलाई समायोजन गरी Nepal Lok Star कार्यक्रम जन्मेको हो । यस कार्यक्रमको लागत करिब १० करोड रुपैया रहेको छ । यस अर्थमा Nepal Lok Star नेपालको सबै भन्दा ठूलो मौलिक Reality Show भन्दा फरक नपर्ला। आफ्नै मौलिक संगीतलाई Internatioanl Format मा ढाली आफ्नै नेपाली Brand मा बन्न लागेको Show को निर्माणमा संलग्न सम्पूर्ण Manpower Nepal Idol Season 2 को र Boogie woogie season 1 को निर्माणमा संलग्न व्यक्तिहरु हुन् । यस कार्यक्रमको Promotion र बजार व्यवस्थापन गर्नको लागि AdPadPvt. Ltd लाई आधिकारीक Agency दिएको छ ।


७ वटै प्रदेशमा Audition आयोजना गरी हजारौको संख्यामा आएका लोक दोहोरी गायक गायिकाहरु मध्येबाट सरदर प्रतिप्रदेश ५० प्रतिस्पर्धी Open Audition बाट छनोट गरिएको थियो । त्यस पश्चात् Open Audition बाट छनौट भएका ३५० प्रतिस्पर्धीहरुलाई प्रदेश अनुसार Judge Audition मा सहभागी गराइएको थियो। Judge Audition १०९ प्रतिस्पर्धी Selecte भई Mega Audition मा प्रवेश गरेका थिए, जसबाट Judges ले शीर्ष २५ को छनौट गरिसकेका छन् । Nepal Lok Star प्रतियोगिता बाट ३ जना विजेता छनौट गरिने छ । जसमा प्रथम विजेतालाई ५० लाख द्धितीय विजेतालाई २५लाख र तृतिय विजेतालाई १०लाख नगद पुरस्कारका साथै तीनै विजेतालाई Album को Contract दिईने छ। Nepal Lok Star को Judges मा जयनन्द लामा, बि.बि. अनुरागी, सुनीता दुलाल र रामजी खाँड रहेका छन्। Mega Audition सम्मको सबै shooting पुरा भई सकेको छ र आगामी असार १२ गते बाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको प्रसारण AP1 HD मा हुदैछ । यस कार्यक्रमको ३६ श्रृखला निर्माण गरिनेछ । 

यस कार्यक्रम निर्माण प्रमुख प्रायोजकको रुपमा विश्व प्रतिष्ठीत Remittance तथा Digital Service Company IME आबद्ध भएको छ। IME र Nepal Lok Star को सम्झौता दुई सिजनको लागि गरिएको हो । यस सम्झौता पश्चात् यस कार्यक्रमको नाम IME Nepal Lok Star रहने छ । सम्झौता अन्तर्गत IME Nepal Lok Star को Voting Rounds मा App मार्फत गरिने सबै Voting IME Pay को App मार्फत हुनेछ । सदैव नेपाली जनताको निम्ति समर्पित एक जिम्मेबार कम्पनी IME को साथले नाम IME Nepal Lok Star थप उचाइमा पुग्ने आयोजकले विश्वाश लिएका छन् । 


 

यसमा तपाईको मत