बजार संक्षेप

नेपाल बिल्डकन शुक्रबारबाट

  नागरिक   2020-02-05

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि आयोजना हुने छैटौं ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’को तयारी पूरा भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर तथा इभेन्टले संयुक्त रुपमा आयोजनामा गर्न लागेको उक्त प्रदर्शनी माघ २४ गतेबाट तीनदिन चल्नेछ। यसपटकको प्रदर्शनीको टाइटल स्पोन्सर बाहुबली सिमेन्टको उत्पादक बालाजी सिमेन्ट इन्डस्ट्रिज रहेको छ। प्रदर्शनीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रृजल भट्टराईले प्रदर्शनीमा १५ देशका तीन सयभन्दा बढी ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डका दुई सयभन्दा बढी स्टलको सहभागिता रहने जानकारी गराए।

‘यसपटकको प्रर्दशनीमा ५० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय कम्पनीको सहभागिता रहनेछ,’ उनले भने, ‘प्रदर्शनी मार्फत विदेशमा चलेका महत्वपूर्ण प्रविधिमैत्री मेसिनहरु नेपाल भित्र्याउने लक्ष्यप्राप्तिलाई जोड दिएका छौं।’ प्रदर्शनीमा निर्माण सम्बन्धी उपकरणसमेत प्रदर्शन हुने जानकारी दिँदै उनले घर बनाउने सिमेन्ट, रड, फलामे डन्डी,फिटिङ सामग्री, हार्डवेयरका सामग्री लगायत निर्माणसँग सम्बन्धित सम्पूर्ण सामग्रीको प्रदर्शनीमा सहभागीता रहने उनको भनाइछ।

प्रदर्शनीमार्फत पछिल्लो ६ वर्षदेखि लगातार रुपमा यो क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन पनि प्रदर्शनी कोशेढुंगा साबित हुने उनको विश्वास छ। प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन प्रदर्शनी सफल हुँदै आएको समेत उनले बताए। प्रदर्शनीमा निर्माण सामग्री, निर्माण सम्बन्धी मेसिन, ठूला तथा साना मेसिन, प्रि–फ्याव स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, घर तथा अफिसका झ्याल ढोका, बाथरुम फिटिङ, टायल्स एन्ड सेनिटरिवेयर,छाना, पावर टुल्स, ब्लक बनाउने मेसिन लगायतको सहभागिता रहने उनको भनाइ छ।

प्रदर्शनीबारे जानकारी दिँदै बालाजी सिमेन्टका प्रबन्ध निर्देशक गौरव गाडियाले नेपाल निर्माणको लागि प्रदर्शनी महत्वपूर्ण हुने अपेक्षा गरे। घर तथा व्यापारिक भवन बनाइरहेकाहरुले निर्माणको क्षेत्रमा भित्रिएको नयाँ प्रविधिबारे जानकारीका साथै निर्माण प्रविधि र प्राविधिकबारे जानकारी लिन सक्नेछन्,’उनले भने। यो प्रदर्शनी आयोजना गर्न सोसाइटी अफ नेप्लिज कार्कि टेक्ट(सोना), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म, इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल) तथा कन्फेडेरेसन अफ इन्डियन इन्टस्ट्रिजको साथ रहेको आयोजकले जनाएको छ।

यसमा तपाईको मत