बजार संक्षेप

एकसाथ पाँच ठाउँमा नेपाल बैंक

    2019-08-30

काठमाडौं– नेपाल बैंकले पाल्पा, गुल्मी, नवलपरासी (पश्चिम) र कास्कीमा शाखा, काउन्टर तथा एटिएम आउटलेट एकसाथ विस्तार गरेको छ । 
यसैगरी, गुल्मीको चन्द्रकोट, नवलपरासी पश्चिमस्थित पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३, पाल्पाको भुसालडाँडास्थित युनाइटेड मिसन हस्पिटल परिसरमा र  गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर १५, वन विज्ञान अध्ययन संस्थान परिसरमा स्थापित पृथ्वी चोक शाखाको एक्सटेन्सन काउन्टर र एटिएम आउटलेट विस्तार गरेको बैंकले जनाएको छ । 

यसमा तपाईको मत