बजार संक्षेप

नेपाल बैंक–आइ–पे रेमिट सम्झौता

  नागरिक   2019-12-18

काठमाडौं– नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र आइ–पे रेमिटका कार्यकारी प्रमुख इन्द्रप्रसाद शर्माबीच आइ–पेको अन्तर्राष्ट्रिय विप्रेषण गर्ने तथा नेपाल बैंकको स्वदेशी तथा विदेशी विप्रेषण भुक्तानी गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस व्यवस्था अन्तर्गत ग्राहकले नेपाल बैंकको शाखा सञ्जालबाहेक आइ–पेको देशभर रहेका ७५ सय भुक्तानी केन्द्रमध्ये कुनै पनि केन्द्रबाट नगद रकम प्राप्त गर्न तथा नेपाल बैंकको रेमिट्यान्स खातामा निःशुल्क जम्मा गर्न सकिने जनाइएको छ ।
यसरी रेमिट्यान्स पठाउँदा विप्रेषकले अत्यन्त कम शुल्कमा नेपाल बैंकवाट देशभर रकम पठाउन सक्ने र हालसम्म नेपाल बैंकको रेमिटान्स भुक्तानी केन्द्र यो सहमतिपछि आठ हजारभन्दा माथि पुग्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत