बजार संक्षेप

नेपाल बंगलादेश बैंकको ६ शाखा विस्तार

    2019-08-27

काठमाडौं– नेपाल बंगलादेश बैंकले सञ्जाल विस्तारको क्रममा थप ६ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुरको सानेपा, काठमाडौंको टोखा र तिलगंगा, भक्तपुरको च्यामासिङ, दाङको  तुल्सीपुर र सिन्धुपाल्चोकको तातोपानी तथा तातोपानी भन्सार राजस्व संकलन काउन्टरबाट कारोबार सुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैँकले सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको जनाएको छ । उक्त शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ । बैंकले ९४ शाखा, सात एक्सटेन्सन काउन्टर, तथा ७८ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।
 

यसमा तपाईको मत