बजार संक्षेप

नेपाल बंगलादेश बैंकबाट दुर्घटना बिमा भुक्तानी

  नागरिक   2021-10-19

नेपाल बंगलादेश बैंकले बचत खाता खोल्ने ग्राहकको सुरक्षणको लागि गरिएको दुर्घटना बिमा बापतको दाबी रकम एक लाख रूपैयाँ ग्राहक स्वर्गीय दिनेश श्रेष्ठको बुबा कालिदास श्रेष्ठलाई हस्तान्तरण गरेको जनाएको छ।

स्वर्गीय दिनेशले उक्त बैंकको धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए। एक लाखको चेक बैंकको धुन्चे शाखाका प्रमुख रामेश्वर घिमिरेले मृतकका बुबालाई हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।  

यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ। आगामी दिनमा पनि आफ्ना ग्राहकको हितमा रही बैंकिङ सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।

यसमा तपाईको मत