बजार संक्षेप

नेपाल बङ्गलादेश बैंकको लाभांश घोषणा

  नागरिक   2021-10-10

नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आईतबार बिहान बसेको ३७५ औं बैठकले लाभांश प्रस्ताव गरेको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीका १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन्।

यसमा तपाईको मत