बजार संक्षेप

नेपाल बंगलादेश क्यापिटल र तेह्रथुम पावर कम्पनीवीच सम्झौता

  नागरिक   2021-09-20

तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ। जसमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेड बीच बिहीबारको दिन द्विपक्षीय सम्झौता भएको छ।

उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन्।

हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पूंजी ४० करोड पूर्ण भैसकेको छ। चुक्ता पूंजी ४० करोड मध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बांकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारणबाट कम्पनीको पूंजी उठाईएको छ।

यसमा तपाईको मत