बजार संक्षेप

एन.बि.बी.को १०औं विस्तारित सेवा सुरु

  नागरिक   2021-09-19

नेपाल बंगलादेश बैंकले मकवानपुरको हेटौंडा उपमहानगरपालीका–९ स्थित हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र आफ्नो १०औं विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।

सो सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका–९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले गरेका छन्। सो सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाका वडा नम्बर ९, १२, १३ तथा १४ मा वित्तीय पहुँच पुर्‍याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्‍याउने बैंकले जनाएको छ।

सो सेवाबाट यस क्षेत्रमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिट्यान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैंकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवा सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीको तलबी खाता सञ्चालन गर्न सहज हुनेलगायत सेवा प्राप्त हुने बैंकले जनाएको छ।

हाल बैंकले १ सय शाखा, ९ एक्सटेन्सन काउन्टर र ८१ वटा एटिएमबाट सेवा दिँदै आएको छ।

यसमा तपाईको मत