बजार संक्षेप

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

    2019-07-18

काठमाडौं– नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। 
निगमले पहिलो चरणमा यात्रु तथा क्रु मेम्बर बोक्ने चार र्‍याम्प बस खरिदको प्रक्रिया अगाडि बढाइएको हो । टोबारलेस ट्र्याक्टर, कन्टेनर डली, प्यालेट डली, इलेक्ट्रिक फर्कलिफ्ट, ग्राउन्ड पावर युनिट आदि खरिद कार्य अघि बढिसकेको र यसै हप्ताभित्र विशिष्ट तथा अति विशिष्ट व्यक्तिको लागि नयाँ भिआइपी र्‍याम्प कोच सञ्चालनमा ल्याउने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पुराना उपकरणलाई लिलामी प्रक्रियाद्वारा व्यवस्थित गर्न खोजेको जनाउँदै निगमले उक्त लिलामी प्रक्रियाबाट ३२ लाख ६४ हजार रुपैयाँ आम्दानी हुने जनाएको छ।
सिता लोड कन्ट्रोल सिस्टम अन्तर्गत यात्रुको ब्यागेज ट्र्याकिङ प्रणालीको स्तरोन्नति भइसकेको जनाउँदै  आन्तरिक उडानका यात्रुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले निगमले आन्तरिक विमानस्थलमा समेत टिकट बिक्री कक्ष खोलेको जनाएको छ। 

यसमा तपाईको मत