बजार संक्षेप

नेपाल–पेरू उद्योग वाणिज्य संघको सभा

    2019-08-12

काठमाडौं– नेपाल–पेरू उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारणसभा हालै काठमाडौंमा सम्पन्न भएको छ ।
नेपालका लागि पेरूका अवैतनिक महावाणिज्यदूत सुमितकुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न सभाले सन्दीप खेतानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।


नयाँ कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यमा उपाध्यक्षमा राकेशकुमार सरावगी, सचिवमा कुमार खतिवडा, कोषाध्यक्षमा अनिल अग्रवाल तथा सदस्यमा क्रमशः निर्मलराज पौडेल, ललित अग्रवाल तथा कुञ्जविहारी मोर छन् ।
नेपाल र दक्षिण अमेरिकी मुलुक पेरूबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन नेपाल–पेरू उद्योग वाणिज्य संघको स्थापना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक र व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले सन् २०१२ मा नेपाल–पेरू उद्योग वाणिज्य संघको स्थापना भएको जनाइएको छ ।
 

यसमा तपाईको मत