बजार संक्षेप

नेको इन्सुरेन्समा नयाँ सिइओ नियुक्त

    2019-08-07

काठमाडौं– नेको इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृतमा अशोककुमार खड्का नियुक्त भएका छन ।
२१ बर्षको बैंकिङ अनुभव र पाँच वर्षदेखि बिमा क्षेत्रमा कार्यरत खड्कालाई सञ्चालक समितिको बैठकबाट चार वर्षका लागि नियुक्ति गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्काले तत्कालिन नेपाल इन्डोस्वेज बैंकबाट बैंकिङ सेवा सुरु गर्दैे नेपाल इन्भेस्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, स्ट्यान्डर्ड फाइनान्सका साथै माछापुच्छ्रे बैंकका विभिन्न शाखा तथा विभागमा उच्च पदमा काम गरिसकेको जनाइएको छ ।


 

यसमा तपाईको मत