बजार संक्षेप

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

  नागरिक   2019-10-23

काठमाडौं– बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री–वितरण गरिहेको  नेबिको प्रालिले नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याक सार्वजनिक गरेको छ । यो नेपालको उत्कृष्ट उत्पादनमध्ये एक रहेको जनाउँदै कम्पनीले उपभोक्ताको चाहना र समय सापेक्ष गुणस्तरलाई विशेष ध्यानमा राखी यो बिस्कुट गिफ्ट फेमिली प्याकमा सार्वजनिक गरिएको जनाएको छ । 
विदेशबाट आयातित एयर टाइट कार्टुनमा प्याकेजिङ गरिएको उक्त प्याक ३६० ग्राम तौल रहेको पनि कम्पनीले जनाएको छ । सार्वजनिक गिफ्ट फेमिली प्याकको हाललाई बजार मूल्य दुई सय रुपैयाँ तोकिएको छ । 
उपभोक्ताको पाचन प्रणालीको सहजीकरण, तौल नियन्त्रण, सन्तुलन एवं मधुमेह भएका र नभएका उपभोक्ताको स्वास्थलाई पनि ध्यानमा राखेर उक्त प्याक बजारमा सार्वजनिक गरिएको कम्पनीको दाबी छ ।
 

यसमा तपाईको मत