बजार संक्षेप

एनसेलको ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ १० देशमा

  नागरिक   2019-10-03

काठमाडौंं- एनसेलले विभिन्न १० देशको भ्रमणमा रहँदा बिनाझन्झट सुलभ दरमा डेटा रोमिङ सेवाको फाइदा लिन सक्ने सुविधा ल्याएको छ । ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ योजनामा बिहीबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ ।  
योसँगै भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इन्डोनेसिया भ्रमणमा जाने ग्राहकका लागि अनलिमिटेड रोमिङ डेटा प्याक उपलब्ध हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस अफरअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले यी देशको भ्रमणमा रहँदा हरेक दिन करबाहेक एक सय रुपैयाँमा अनलिमिटेड रोमिङ डेटा सेवाको फाइदा लिन सक्नेछन् । 
यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफू यात्रामा जानुअघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार यो रोमिङ सेवा सुचारु गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । रोमिङ सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् ।
उक्त प्याक उल्लेखित १० देशको भ्रमणमा जानुअघि वा गन्तव्यमा पुगेपछि पनि लिन सकिने बताइएको छ ।  
 

यसमा तपाईको मत