बजार संक्षेप

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना

  नागरिक   2019-11-27

काठमाडौं– एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ नामको योजना सार्वजनिक गर्दै एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत पाँच भाग्यशाली कोडको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहक एनसेल ग्राहकले जनही दुई लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । 
आफ्नो कस्टमर लोयल्टी योजना अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि सञ्चालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता दुई लाख र प्रत्येक महिना १० लाख जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकलाई एनसेलले आउने शुक्रबारभित्र पुरस्कार रकम हस्तान्तरण गर्ने जनाएको छ । 
एनसेलका प्रिपेड र पोस्टपेड सेवाका सबै ग्राहकले हप्तामा सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजना सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने बताइएको छ । 
ग्राहकले सय रुपैयाँ वा त्यो भन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक सय रुपैयाँ बराबर एक विशेष कोड एसएमएस मार्फत पाउँछन् । 
यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नुपर्ने हुन्छ । 
यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली ग्राहकको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबारभित्र अघिल्लो हप्ताका विजयीलाई नगद पुरस्कार हस्तान्तरण गरिने बताइएको छ ।  

 

.    प्रत्येक हप्ता पाँच भाग्यशाली ग्राहकले जनही दुई लाख जित्ने
.    हरेक महिना १० लाख नगद पुरस्कार एक ग्राहकलाई

यसमा तपाईको मत