बजार संक्षेप

एनसेलको पिआरबिटी सेवामा नयाँ योजना

  नागरिक   2019-09-23

काठमाडौं– एनसेलका ग्राहकले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङटोन (पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आह्वान गर्न सक्नेछन् । साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ता आकर्षक पुरस्कार जित्न सक्नेछन् । 
एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि लोकप्रिय सेवा ‘पिआरबिटी आफ्नै धुन’को  नयाँ भर्सन ल्याएको हो । यस भर्सनअन्तर्गत अब ग्राहकले आफ्नै धुन बनाउन, त्यसलाई सामाजिक सञ्जालहरुमा प्रचार गर्न, धुनको प्रत्येक एक्टिभेसनमा बोनस ब्यालेन्स प्राप्त गर्न र प्रत्येक हप्ता नगद पुरस्कार जित्न सक्छन् ।
यो योजना सोमबार (असोज ६) बाट सञ्चालनमा आउने कम्पनीले जनाएको छ । प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद ३० हजार प्राप्त गर्नेछ । त्यसैगरी, एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद २० हजार पुरस्कार पाउने छ । 
विजेताहरुको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक हुने बताइएको छ ।   
धुन बनाउने ग्राहकले धुनको पहिलो एक्टिभेसन अर्थात धुन सुचारु बापत तीन रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । त्यसपछि प्रत्येक १० एक्टिभेसनका हिसाबले ३० बोनस पाउनेछन् । यसरी प्राप्त हुने बोनस ३० दिनका लागि मान्य हुनेछ र यसलाई एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ । 
प्रिपेड ग्राहकले यस योजनामा भाग लिनका लागि पहिला १७११७ डायल गरी पिआरबिटी आफ्नै धुन सेवा सुचारु गर्नुपर्छ । त्यसपछि बढीमा २९ सेकेन्डको आफ्नो धुन रेकर्ड गर्नुपर्दछ । यस पिआरबिटी सेवाका लागि प्रत्येक महिनाको शुल्क १० (कर सहित १२.७७) रुपैयाँ रहेको छ । 
यस योजनामा भाग लिई आफ्नै धुन रेकर्ड गर्ने प्रत्येक ग्राहकले आफ्नो धुनको आइडेन्टिटी कोड र एउटा लिंक एसएमएसमा प्राप्त गर्नेछन् । लिंकलाई सजिलै कपि गरी फेसबुक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा राखी प्रचार गर्दै अरुलाई आफ्नो धुन पिआरबिटीका रुपमा प्रयोगका लागि आह्वान गर्न सकिन्छ । 
यो योजना लागू भएको मितिबाट १२ हप्तासम्म सञ्चालनमा रहने कम्पनीको विज्ञप्तिमा उल्लेख छ
 

यसमा तपाईको मत