बजार संक्षेप

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’

  नागरिक   2020-02-06

काठमाडौँ-  एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् ।
नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । यो अफरमा ग्राहकले मात्र रु १०० (कर सहित मात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सकिने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
यो भ्यालेन्टाइन अफर यही शुक्रबार (माघ २४) देखि लागु हुनेछ र ३ महिना सम्म संचालनमा रहनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफर अन्तर्गत ग्राहकले कर सहित मात्र १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।

यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ । ग्राहकले एस्टिक्स  १७११८एस्टिक्स२एस्टिक्स३ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सकिने जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

यसमा तपाईको मत