बजार संक्षेप

एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’

  नागरिक   2019-12-19

काठमाडौं-एनसेलका प्रिपेड ग्राहकहरुले अब एनसेल नेटवर्क भित्रका आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा अझै सुलभ दरमा असिमित कुराकानीको फाइदा लिन सक्नेछन् । 
 
एनसेल प्राईभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्क भित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग बेलुका १० बजे देखि विहान ६ बजे सम्म मात्र रु १० (रु १२.७७ कर सहित) मा असिमित कुराकानी गर्न सक्ने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 
यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहिबार (पुष ३) देखि संचालनमा रहने छ । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरि प्याक सुचारु गर्न सक्छन् । त्यस्तै एसएमएस मार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीकोे ठुलो अक्षर ‘एनयु’ टाइप गरि १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुने जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 
यो अफर चत्रै ४ गते सम्म संचालनमा रहने कम्पनीले जनाएको छ।
 

यसमा तपाईको मत