बजार संक्षेप

‘एनसेल फर बिजनेस’ सेवा सुरु

  नागरिक   2019-07-04


काठमाडौं– निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेडले ‘एनसेल फर बिजनेस’ सेवा सुरु गरेको छ । बुधबार उक्त सेवा घोषणा गर्न काठमाडौंमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले ‘एनसेल फर बिजनेस’को लोगो अनावरण गरेका थिए । उनले कसरी डिजिटल विश्वले विकासका लागि उत्प्रेरकका रुपमा काम गरिरहेको र यसले कसरी नयाँ अवसरको सिर्जना, उत्पादकत्वमा वृद्धि गर्दै नविन सेवा तथा व्यवसायलाई बढावा दिँदै व्यवसाय चुस्त बनाउँछ भन्ने विषयमा बोलेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
उनले एनसेल ब्रान्डको सार ‘आज, भोलि, संधै सँगै’बारेमा पनि पाहुनालाई जानकारी गराएका थिए । ‘हामी ठूला साना सबै व्यवसायलाई उहाँहरुको क्षमताले भ्याएसम्म प्रगति गर्नका लागि सहयोग गर्छाैं । हाम्रो प्रविधि, वस्तु तथा सेवामार्फत व्यवसायका लक्ष्य र महत्वकांक्षा हासिलमा सहयोग गर्न हामी हाम्रा इन्टरप्राइज ग्राहकहरुसँग सझेदारी गर्छाैं,’ उनले भने । 
चोङले ‘एनसेल फर बिजनेस’ बारे उत्साह प्रकट गर्दै थपे, ‘एनसेल फर बिजनेश (एनफोरबी) मार्फत व्यवसायका निमित्त नविन इन्टरप्राइज सेवा ल्याउन पाउँदा हामी एकदम हर्षित छौं । यो सेवा ठूला र साना व्यवसायलाई उहाँहरुको सम्भावनाले भ्याएसम्म प्रगति गर्नका लागि सहयोग गर्न अनुकूल छ ।’
एनफोरबी विश्वस्तरीय सेवा प्रदान गर्ने र उच्चस्तरको कनेक्टिभिटी र डिजिटाइजेसनको लाभ लिन अवसर प्रदान गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम सुरु गरेको उनको भनाइ छ । 
उच्चगतिको फोरजी सेवा व्यापक रुपमा विस्तार गरेपछि एनसेलले आफ्ना इन्टरप्राइज ग्राहकलाई फिक्स्ड कनेक्टिभिटी सेवा ल्याएको छ । यस अन्तर्गत इन्टरन्यासनल प्राइभेट लिज्ड सर्भिस (आइपिएलसी), डोमेस्टिक लिज्ड सर्भिस (डिएलसी)भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन), ब्रोडब्यान्ड इन्टरनेट, ब्यान्डविथ अन डिमान्ड, वेब एप्लिकेसन फायरवाल, युनिफाइड थ्रेट म्यानेजमेन्ट, सफ्टवेयर डिफाइन्ड वाइड एरिया नेटवर्किङ र इथरनेट भर्चुअल प्राइभेट नेटवर्क (इभिपिएन) जस्ता सेवा उपलब्ध रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
म्यानेज्ड सर्भिस अन्तर्गत, कम्पनीले म्यानेज्ड वाईफाई, भिडियो कन्फ्रेन्सिङ र सर्वेलेन्स सेवा प्रदान गर्ने तथा आइओटी सेवा अन्तर्गत कम्पनीले भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) ल्याएको जनाएको छ । यसले गाडीको कार्य प्रगतिमा सहयोग गर्नुका साथै  सुरक्षा र सवारी साधनको व्यवस्थापनलाई सहज बनाउने बताइएको छ । 
मोबिलिटी योजना अन्तर्गत एनसेलले व्यवसायहरुलाई आफ्नो नेटवर्कभित्र अनलिमिटेड कल र मेसेजिङ, पर्याप्त मात्रामा डेटा र प्रिमियम नम्बरहरुको सेवा र अरु धेरै सेवा प्रदान गर्ने जनाएको छ । 
 

यसमा तपाईको मत