बजार संक्षेप

एनसेल मेला भोलि बुटवलमा

  नागरिक   2019-12-27

बुटवल- एनसेल प्राईभेट लिमिटेडले मनोरञ्जनले भरीपुर्ण ‘एनसेल मेला २०७६’ बुटवलका सिद्धेश्वरी स्कुल मैदान, दीपनगरमा भोलि शनिबार (पुष १२ गते) आयोजना गर्ने भएको छ । यो मेला एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ आयोजना गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुती, किड्स जोन, गेम स्टलहरु, फुड स्टलहरु विभिन्न फिजीकल एक्टिभिटी बुथहरु, स्थानिय पर्यटन गन्तव्यहरुको प्रवर्द्धन र एनसेलका विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक अफर र उपहारहरु यस मेलामा समावेश गरिएका छन् । यो मेला ११ बजे शुरु भई कन्सर्ट सहित साझ ६ बजे आयोजना हुने कम्पनीले उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । 
चर्चित कलाकार तथा सांगीतिक समुहहरुको सांगीतिक प्रस्तुती, बालबालिकाका मनोरञ्जनका विविध गतिविधी तथा गेम स्टलहरु, विदेशी कलाकारहरुको सुटिङ स्टार एक्ट, थिम गेमहरु र ओकुलस भर्चअल जोन यो मेलाको केही आकर्षणहरु हुन् । 
मेलामा गायकहरु दिपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना  राई, टीका प्रसाँई, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । मेलाको उद्घोषण कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यले गर्नेछन् ।      
किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभ तथा गतिविधीहरु हुनेछन् । युवाहरुका लागि पनि विभिन्न आकर्षक गेमहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो र अन्य थुप्रै कार्यक्रमहरु रहने कम्पनीले प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ। 
मेलामा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा लिदै आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् र कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिन सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् । एनसेलका ग्राहकहरुले मेला सम्बन्धि थप जानकारीका लागि १७१३३ मा डायल पनि गर्न सकिने उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ।
 

यसमा तपाईको मत