बजार संक्षेप

एनसेल वल्र्ड कम्युनिकेसन अवार्डको दुई विधामा सम्मानित

  नागरिक   2021-10-29

एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ।

टोटल टेलिकम कंग्रेसको एक कार्यक्रममाझ अवार्ड विजेता घोषणा भएको थियो। सन् १९९९ मा सुरु भएको वल्र्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीलाई सम्मानित गर्दछ।

यी दुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत समाजमा पुर्‍याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात् विपद् प्रतिकार्यअन्तर्गत कोभिड महामारी, बाढी र भूकम्पजस्ता विभिन्न विपद् तथा संकटको समयमा गरेका योगदानको सराहना गर्दछ।

स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलमार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै सरकारलाई दिगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्‍याएबापत एनसेललाई ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ प्रदान गरिएको हो।

त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भूकम्प र २०७१ र २०७४ को बाढीजस्ता विपद्को समयमा सरकार र समुदायलाई पुर्‍याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको हो।

यसमा तपाईको मत