कभर स्टोरी

एनसेलको चाडपर्व योजना

  नागरिक   2021-10-08

एनसेल आजियाटा लिमिटेडले चाडपर्वलक्षित विभिन्न योजना ल्याएको छ। जसअन्तर्गत एनसेलले पे एज यु गो (पेजी) डेटा शुल्कलाई घटाई प्रतिएमबी एक रूपैयाँ बनाएको छ र ग्राहकले ५० वा सोभन्दा बढीको रिचार्जमा बोनस ब्यालेन्स वा डेटा पाउनेछन्।

यो योजनासँगै सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकले ५० प्रतिशत छुटमा करबाहेक एक रूपैयाँ प्रतिएमबीमा डेटा सेवाको फाइदा लिन सक्नेछन्। रिचार्जमा बोनस योजनाअन्तर्गत ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्नेछन्। त्यस्तै, ५० देखि ९९ रूपैयाँसम्म रिचार्ज गर्दा ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबीदेखि दुई सय ५० एमबीसम्म एक दिनका लागि डेटा भोलुम प्राप्त गर्न सकिनेछ।

त्यस्तैगरी १ सयदेखि १ सय ९९ रूपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्दा तीन दिनका लागि ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १ सय ५० एमबीदेखि पाँच सय एमबीसम्म डेटा भोलुम प्राप्त गर्न सकिन्छ। दुई सय वा सोभन्दा बढी रूपैयाँ रिचार्ज गर्ने ग्राहकले पाँच दिनका लागि समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५ सय एमबीदेखि १५ सय एमबीसम्म डेटा भोलुम पाइने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत