बजार संक्षेप

‘जिबिओ अवार्ड २०२१’ का दुई विधामा एनसेल पुरस्कृत

  नागरिक   2021-10-01

एनसेल आजियाटाले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जिबिओ)अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेर विश्वबजार र प्रविधिको क्षेत्रमा नेपालको नाम राख्न सफल भएको छ।

जिबिओ अवार्डअन्तर्गत एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सिइओ अफ दि इयर’ अवार्ड जितेका हुन्।

लन्डनस्थित प्रकाशन गृह जिबिओले हरेक वर्ष विश्वभरका कम्पनीलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ। यो अवार्ड बैंकिङ, वित्तीय, घरजग्गा, दुरसञ्चार, उड्डयन तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्तालाई दिइन्छ।

यसमा तपाईको मत