बजार संक्षेप

एनसिसी बैंक आरटिजिएस प्रणालीमा

  नागरिक   2019-09-09

काठमाडौं– नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभाग र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकबीच आरटिजिएस प्रणाली सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा बैंकका ग्राहकले आवश्यकतानुसार नेपाल राष्ट्र बैंकद्वारा सञ्चालन गर्न लागेको आरटिजिएस  प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फस्र्यौट गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त सम्झौतामा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका तर्फबाट कार्यकारी निर्देशक बमबहादुर मिश्र र एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेको जनाइएको छ ।

    

यसमा तपाईको मत