बजार संक्षेप

एनसिसी बैंकको सहयोग

    2019-07-19


काठमाडौं– एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षालयको हाताभित्र रहेको खुलामञ्चमा ट्रस्ट र छाना निर्माणार्थ सो रकम उपलब्ध गराइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले प्राविधिक शिक्षालयका लागि युसेप नेपालका कार्यसमितिका उपाध्यक्ष पूर्णभद्र पौडेललाई सो रकम हस्तान्तरण गरेका छन् ।
 

यसमा तपाईको मत