बजार संक्षेप

एनसिसी बैंकको सहयोग

    2019-07-26


काठमाडौं-एनसिसी बैंकले भक्तपुरमा रहेको बाल सुधार गृहलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । 
व्यवस्थित सामग्री सहितको पुस्तकालय निर्माण गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम उपलब्ध गराएकोे बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उक्त रकमको चेक युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधार गृहका प्रशासक बिपिन आचार्यलाई हस्तान्तरण गरेको जनाइएको छ । 
 

यसमा तपाईको मत