बजार संक्षेप

बसुन्धरामा नेचुरोपेथी अस्पताल

  नागरिक   2019-12-03

काठमाडौं– काठमाडौंको बसुन्धरामा सेवा सुरु गरिसकेको नेचुरोपेथी अस्पतालको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आइतबार औपचारिक उद्घाटन गरेका छन् । 
उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार हुने युनिक अस्पताल भएकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘सायद म यस अस्पतालको उद्घाटन गर्न नआएको भए सधैं पछुताउने रहेछु, यस अस्पतालको दिने अत्याधुनिक सेवा थाहा पाउँदा निकै खुसी छु,’ उपप्रधानमन्त्री पोखरेलले भने । 
गुणस्तरीय स्वास्थ्य भएमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुने भन्दै उनले प्राकृतिक चिकित्साको माध्यमबाट आम नागरिकलाई स्वास्थ्य सेवा दिएर यो अस्पतालले महŒवपूर्ण कामको थालनी गरेको धारणा राखे । 
‘राम्रो कामको थालनी भएको छ, अखण्डित ढंले सेवा दिनुहोस्,’ उनले भने । अस्पतालको विकासका लागि सरकारका तर्फबाट सहयोग गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा पूर्वमन्त्री रामबहादुर गुरुङले दीर्घ रोगीहरुको संख्या बढेकाले प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएको बताए । यो अस्पतालले गुणस्तरीय सेवा दिनेमा आफू ढुक्क रहेको उनको भनाइ थियो । वरिष्ठ प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेलले सरुवा रोगको उपचारका लागि ठूलो धनराशि खर्च गरे पनि नसर्ने रोगबारे काम गर्न नसकेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एलोपेथिक मन्त्रालयका रूपमा मात्र सीमित उनको भनाइ थियो ।
अस्पतालका अध्यक्ष गणेश पाण्डेले स्थापनाको डेढ महिनामै अस्पतालमा बिरामीको चाप बढ्ेको बताए । अस्पतालले प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योगथेरापी, अकुपन्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा दिने अध्यक्ष पाण्डेले जानकारी दिए । अस्पतालमा बहिरङ, अन्तरङ, प्रयोगशाला, विशिष्ट आवास कक्ष, जीवनशैली क्लिनिक जस्ता सुविधा छन् ।
विनाऔषधि र विनाशल्यक्रिया उपचार गरिने उक्त अस्पतालमा प्यारालाइसिस, नशा च्यापिएको, हड्डी खिइएको तथा कम्मर, गर्धन दुखाइ, बाथ, उच्च रक्तचाप, ग्यास्ट्रिक, मोटोपन, दम जस्ता रोगको उपचार गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा यञ्जन गैरेले जानकारी दिए । 
 

यसमा तपाईको मत