बजार संक्षेप

नेसनल माइक्रोफाइनान्सको लाभांश पारित

  नागरिक   2019-12-16

धादिङ– नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २० करोड ६२ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । यो गत वर्षको तुलनामा ५३ प्रतिशतले बढी भएको संस्थाले जनाएको छ । 
धादिङबेसीमा भएको संस्थाको वार्षिक साधारण सभाले आर्थिक वर्ष ०७५/७६ को नाफाबाट सेयरधनीलाई ७५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश गरी कुल ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस सेयरसँगै संस्थाको चुक्ता पुँजी २६ करोड ४० लाख पुगेको अध्यक्ष केशवप्रसाद आचार्यले बताए । बोनस सेयर जारीपछि कायम हुन आउने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।’ 
 

यसमा तपाईको मत