बजार संक्षेप

नेसनल लाइफको चेयरपर्सन क्लब सम्पन्न

  नागरिक   2019-09-23

काठमाडौं– नेसनल लाइफ इन्स्योरेन्सको वरिष्ठ अभिकर्ताको राष्ट्रिय सम्मेलन ‘चेयरपर्सन क्लब’ सम्पन्न भएको छ । 
कार्यक्रममा गत आर्थिक वर्षमा मुलुकभरका ४७ हजार चार सय अभिकर्तामध्ये उत्कृष्ट व्यवसाय गर्ने दुई सय ३७ जनालाई सम्मानित गरिएको थियो ।
कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले कम्पनीको जीवन बिमा कोष २७ अर्बभन्दा बढी पुगेको र चुक्तापुँजी तीन अर्ब पुगेको अवगत गराइन् । 
एजेन्सी म्यानेजरको वर्गमा नेपालभरीमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः चार लाख, तीन लाख र दुई लाख नगद पुरस्कार प्रदान गरियो । व्यक्तिगत अभिकर्तामा नेपालभरीमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः साढे दुई लाख, दुई लाख र एक लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यसैगरी सातवटा प्रदेशमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई समेत नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।  
 

यसमा तपाईको मत