बजार संक्षेप

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

  नागरिक   2019-10-14

काठमाडौं– राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । विद्यार्थी बिमालेख र क्रेडिट ग्यारेन्टीसँग सम्वन्धित बिमालेख ल्याउने तयारीमा रहेको कम्पनीले जनाएको छ । 
विद्यार्थी बिमालेख अन्तर्गत नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीलाई समेटिनेछ । त्यसैगरी, क्रडिट ग्यारेन्टी बिमाको माग अत्यधिक भएकाले मुलुकमै पहिलोपटक लागू गर्न लागेको कम्पनीले जनाएको छ । 

यसमा तपाईको मत