बजार संक्षेप

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

    2019-06-16

काठमाडौँ- नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु र तीनका ग्राहकले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी कारोबारहरु गर्न मिल्ने गरी भुक्तानी प्रणालीहरुको व्यवस्था गर्ने सम्झौता भएको छ । उक्त समझदारीमा NATTA का  अध्यक्ष सि.एन. पाण्डे तथा NCHLका प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गर्नुभएका छन् ।

उक्त साझेदारी अन्तर्गत NATTAका सदस्य ट्राभल एजेन्टहरुले connectIPS e-payment प्रणालीको पेमेन्ट गेटवे आफ्नो वेबसाइटमा इन्टिग्रेट गरी ग्राहकहरुले सोझै अनलाईनबाट विभिन्न ट्राभल सेवाहरुका भुक्तानी गर्न सक्ने छन् । ग्राहकहरुले आफ्नो बैंक खाताबाट ट्राभल एजेन्टहरुलाई  www.connectips.com अथवा यसको मोबाईल एप्स्को प्रयोग गरी अथवा आबद्ध ४९ बैंक तथा वित्तिय संस्थाहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् । उक्त प्रणाली प्रयोग गरी आफ्ना सदस्य ट्राभल एजेन्टहरुको भुक्तानी कारोबारहरुलाई सहजीकरण गर्नुका साथै NATA लाई गर्नु पर्ने वार्षिक एवं अन्य सदस्यता शुल्कहरुको भुक्तानीहरु पनि यसै अनलाईन प्रणालीबाट प्राप्त गर्न सक्नेछन् । 

आजको यस सम्झौताले पर्यटन क्षेत्रमा लागेका नेपाल भरीका ट्राभल तथा टूर एजेन्टन्सहरुको भुक्तानी तथा नगदप्रवाहमा मद्दत पुग्नुका साथै तीनका ग्राहकलाई अनलाईन भुक्तानी गर्न थप सहज हुने विश्वास दुबै संस्थाहरुले लिएका छन् । 

NATTAको पचास बर्षको स्थापनाकालदेखि नै पर्यटन क्षेत्रको विकास र नेपालको ट्राभल बिजिनेस विस्तार सम्बन्धी कार्यहरु गर्न विषेश ध्यान पुर्याउँदै आफ्ना सदस्य ट्राभल एजेन्टहरुलाई विभिन्न तवरबाट टेवा तथा मद्दत पुर्याउँदै आइरहेको छ ।


 

यसमा तपाईको मत