बजार संक्षेप

नलेज क्याफे गोष्ठी सम्पन्न

    2019-08-12

काठमाडौं– नेपालमा महिला स्वास्थ्यको महत्वलाई बढावा दिने उद्देश्यले स्त्री रोग एवं प्रसूति चिकित्सक समाज नेपाल नेसोगले नलेज क्याफे नामक गोष्ठी सम्पन्न गरेको छ ।
नेसोग तथा मेयर भाइटाबायोटिक्सको आर्टिस्ट एसियन रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युट फर स्किल ट्रान्सफरसँगको सहकार्यमा आयोजित उक्त गोष्ठीले हाम्रो जीवनको प्रत्येक चरणमा विभिन्न पौष्टिक आहारको महत्वबारे प्रकाश पारेको छ ।  
बेंगलोर भारतका प्रख्यात स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. हेमा दिवाकर उक्त कार्यक्रममा प्रमुख वक्ताको रुपमा उपस्थित रहेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
कार्यक्रम अन्तर्गत छलफलमा विभिन्न प्यानलिस्टको उपस्थिति रहेको रहेको जनाइएको छ ।
कार्यक्रममा महिलाका लागि क्याल्सियमको आवश्यकता, कसरी क्याल्सियमले स्वास्थ्यलाई मद्दत गर्छ, गर्भावस्थामा मधुमेहका लागि फिगो निर्देशिकाको कार्यान्वयन लगायत विषयमा छलफल भएको उल्लेख छ ।
 
 

यसमा तपाईको मत