बजार संक्षेप

नागरिक लगानी कोषको कर्जा भुक्तानी अब connectIPS e-payment प्रणाली मार्फत

    2019-07-09

काठमाडौँ- नागरिक लगानी कोषको नागरिक लगानी कोष कर्मचारी बचत बृद्धी अवकाश कोषको (८०%) कर्जा  भुक्तानीलाई अनलाइन  माध्यम मार्फत सहजीकरण गराउन हिमालयन बैंक लिमिटेडसँग सम्झौता भई connectIPSe-Payment प्रणालीबाट हुने भएको छ । उक्त सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट Executive Director श्री रमन नेपालज्यू तथा हिमालयन बैंकका तर्फबाट Executive Operating Officer श्री मृगेन्द्र प्रधानज्यूले नेपाल क्लियरिङ्ग हाउसका पदाधिकारीहरुको उपस्थितीमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात नागरिक लगानी कोषबाट नागरिक लगानी कोष कर्माचारी बचत बृद्धी अवकाश कोषको (८०%) कर्जा भुक्तानी अन्लाईन माध्यम मार्फत connectIPS बाट सोझै यस प्रणालीमा आबद्ध ५० वटा बैंकका खाताबाट गर्न सकिने छ । नागरिक लगानी कोषको connectIPSe-Payment प्रणालीबाट हुने भुक्तानी संकलन हिमालयन बैंक लिमिटेडमा हुनेछ ।

यसका निम्ति ऋृणी ले अयललभअतक्ष्एक् भ(एबथmभलतप्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिङ्क तथा भेरिफाई गराई सजिलै भुक्तानी गर्न सक्नेछन् ।  ऋृणीले धधध।अयललभअतष्उक।अयmमा गई नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरी सोझै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।  

connectIPS e-Payment प्रणालीको सदस्य रहेको हिमालयन बैंक लिमिटेड अन्लाईन भुक्तानी प्राणालीलाई विस्तार गर्ने क्रममा विभिन्न संस्थहरुलाई आबद्ध गर्दै आएको छ । डिजिटल भुक्तानी सेवाहरु प्रदान गर्ने अग्रणाी बैंकहरुमध्य हिमालयन बैंक रहँदै आएको छ ।

नागरिक लगानी कोषको स्थापना सर्वसाधारणलाई विभिन्न लगानीको अवसर प्रदान गर्ने उद्देश्यका साथ भएको हो । नागरिक लगानी कोषले आफ्ना सुविधाहरुलाई विस्तार गर्ने क्रममा डिजिटल प्रणालीमार्फत सेवा विस्तार गर्ने भएको छ ।  
 

यसमा तपाईको मत