बजार संक्षेप

साना तथा मझौला व्यवसायी लक्षित नबिलको नबिल सजिलो एक्सप्रेस कर्जा

  नागरिक   2020-02-03

काठमाडौँ- नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ। कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्यांकन सहित Credit Scoring Model कर्जा प्राप्तङ्कका आधारमा यो योजना आरम्भ गरिएको हो । सरल र शीघ्र प्रशोधन सहित अधिकतम १०.५% को ब्याजदरमा यो कर्जा उपलब्ध हुने जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा, यो कर्जा डिसेम्बर २३, २०१९ मा बागमती प्रदेश, काठमाण्डौबाट सुभारम्भ गरिएको हो। यसै क्रममा उक्त नयाँ एस. एम. ई कर्जा प्रदेश नं. ५ को भैरहवामा आयोजित एक समारोहका बीच उद्घाटन भएको छ । सो समारोहमा सिदार्थ   नगर उद्योग वाणिज्य संघका अध्यक्ष श्री कुल प्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्ययक्ष श्री उज्वल कसजु तथा तिलोतमा उद्योग वाणिज्य संघका उपाध्ययक्ष श्री राम चन्द्र पाण्डेको उपस्थिती रहेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यस अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले भने  नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरुको आवश्यकतालाई सम्बोधन गर्ने उद्धेश्यले ल्याइएको हो। हामी यहाँहरुको समय र व्यवसायिक सपनाको सम्मान गर्दछौँ। अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं ।” 

साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र UKaid Sakchyam Access to Finance मिलेर सहकार्य गरिरहेका छन्। यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो । यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको हो । Credit Scoring विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको हो । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि रु. ७५ लाख सम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टा भित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।


नबिल सजिलो एक्सप्रेस कर्जा योजना नि:शुल्क कारोबार सूचना, नि:शुल्क मासिक विधुतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई नि:शुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइ सकिने आकर्षक प्याकेजका साथ आएको बैंकले उक्त जारी प्रेस बिज्ञप्तिमा जनाइएको छ।

यसमा तपाईको मत