बजार संक्षेप

नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक

  नागरिक   2019-12-25

काठमाडौँ- नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्यांकन सहित Credit Scoring model कर्जा अंकन ढाचाका आधारमा यो योजना आरम्भ गरिएको हो । सरल र शीघ्र प्रशोधन सहित अधिकतम १०.५ ब्याजदरमा यो कर्जा उपलब्ध हुने जानकारी संस्थाद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र UKaid Sakchyam Access to Finance मिलेर सहकार्य गरिरहेका छन् । यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो । यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ । Credit Scoring विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि रु. ७५ लाख सम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको बैंकले जनाएको छ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निशुल्क कारोबार सूचना, निशुल्क मासिक विधुतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइसकिने आकर्षक प्याकेजका साथ आएको जानकारी उक्त जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले भने  “यस क्षेत्रमा नबिल बैंक पहिलो स्थानको बैंकको रुपमा मान्यता प्राप्त छ र साना तथा मझौला उद्यम ग्राहक तथा व्यवसायका लागि पनि हामी शीर्ष स्थानमा नै रहन चाहन्छौं । अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं ।” साथै, सक्षमका टिम लिडर श्री निर्मल दाहालले यस अवसरमा भने “साना तथा मझौला उद्यमका लागि योजना र प्रकृयामा रचनात्मकता ल्याउनु मुख्य सूत्र हो । यी उद्यमको कर्जा आवेदन फारमको प्रशोधनका निम्ति अंकन विधि अँगालेबाट नबिलले कर्जा निर्णय प्रकृयामा थप वस्तुनिष्ठता ल्याउन सघाउनेछ । यसबाट अन्ततः नेपालको साना तथा मझौला उद्यम क्षेत्रलाई लाभ मिल्नेछ ।” दाहालले बताएको जानकारी बैंकद्वारा जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

नबिल बैंकले आफ्नो देशभर ९३ वटा शाखा कार्यालयहरु, १४२ ATM र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सन्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।


 

यसमा तपाईको मत