बजार संक्षेप

नबिल इन्भेष्टमेण्ट बैंकिंगको नयाँ योजना सार्वजनिक

  नागरिक   2021-10-10

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले बडा दशैंको उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने नव लगानीकर्ताहरुलाई लक्षित गरी आफुले घटीमा ९ लाख रुपैयाँबाट नवप्रवेशी लगानी व्यवस्थापन सेवा प्राप्त गरेमा प्रथम ९ महिनाको लागि बार्षिक सेवा शुल्क वापतको रकम निःशुल्क गर्नुका साथै बाँकी अवधिका लागि वार्षिक सेवा शुल्क वापत मात्र ०.९ प्रतिशत लिने भएको छ। यस्तो सेवा प्राप्त गरेवापत लगानी रकमको ९ प्रतिशतसम्म फाईदा भएमा सो भन्दा माथिको नाफामा ९ प्रतिशतका दरले पर्फमेन्स शुल्क कम्पनीले लगाउनेछ ।

घटीमा ३ वर्षको लागि लकिंग हुने यस्तो रकम सेवा प्राप्त गर्दा गर्दै सेवाग्राहीलाई बिचैमा रकम झिक्नु पर्ने अवस्था आएमा ०.९ प्रतिशतले नै हुन आउने शुल्क तिरी बाहिरीन सकिने कम्पनीले जनाएको छ। लगानीकर्ताले आफ्नो फाईदा रकम जुनसुकै वेला बिना कुनै शुल्क झिक्न सक्नेछन्।

नवरात्रीको अवसर पारेर लगानीदेखि मुनाफासम्म सबै ९ प्रतिशत देखि ०.९ प्रतिशतसम्मको शुल्क निर्धारण गरेको यो सेवा नवलगानीकर्ताहरुको लागि आम्दानीको एउटा राम्रो स्रोत हुनसक्ने देखिने भने विद्यमान लगानीकर्ताहरु तथा विभिन्न व्यवसायमा रहेका व्यवसायीहरु र शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरुलाई यो सेवा फलदायी हुने कम्पनीले जनाएको छ।

यसमा तपाईको मत