बजार संक्षेप

नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डको मूल्य समायोजन

  नागरिक   2021-09-27

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ।यी दुबै फण्डले लाभांश वितरण प्रोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन नबिल ब्यालेन्स्ड फण्ड २ को ३५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात ब्यालेन्स्ड फण्डको इकाई मूल्य ११ रुपैयाँ ४ पैसा निर्धारण भएको छ। त्यसैगरी, नबिल इक्विटी फण्डको यस दिन ४० प्रतिशत नगद लाभांश समायोजन भएको हो। समायोजनपश्चात इक्विटी फण्डको इकाईमूल्य ११ रुपैयाँ ५४ पैसा तोकिएको छ।
 

यसमा तपाईको मत