बजार संक्षेप

नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स (नाएर)को नयाँ नेतृत्व

    2019-08-04

काठमाडौं– नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स (नाएर) ले आफ्नो अधिवशेन गर्दै नयाँ नेतृत्व चयन गरेको छ । जिम्मेवार शैक्षिक परामर्शदाता संस्थाहरुको संस्था नाएरको अध्यक्षका लागि विज्ञान श्रेष्ठ चुनिएका छन्। १२ औं अधिवशेनबाट उपाध्यक्षमा प्रेम पाण्डे, महासचिवमा उद्धव खड्का, कोषाध्यक्षमा अनन्त पौड्याल र कार्यकारीसदस्यमा विराज पाण्डे चुनिएका छन्। उनीहरुको कार्यकाल दुई वर्षको हुने संस्थाद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेखित छ।
सन् २००७ मा स्थापना भएपछि नाएरले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउने शैक्षिक परामर्शदाता
कम्पनीहरुको विश्वसनीयता, गुणस्तरीयतामा विशेष ध्यान दिँदै आएको छ। त्यसैले, अष्ट्रेलियाका अधिकांश विश्वविद्यालय तथा कलेजहरुले नाएरलाई विशेष पहिचानमा राख्ने गरेको उक्त बिज्ञप्तिमा उल्लेख छ।
नाएर स्थापना भएको १२ वर्षमा नाएरले अर्को संस्था एसोसियसन अफ नेपल्जि अल्मुनी फ्रम अष्ट्रेलिया (आना) र नेपाल अष्ट्रेलियन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (नाक्की)सँग सहकार्य गर्दै विभिन्न कार्यक्रहरु पनि गर्दै आएको जानकारी दिइएको छ। नाएरले यी दुई संस्थाहरुको सहकार्यका कारण नेपाल र अष्ट्रेलियाबीचको शैक्षिक, व्यपारिकलगायतका सम्बन्धमा थप बलियो भएको बताएको छ।
यसपटक पनि नाएर र आना मिलेर छिट्टै ‘कम ब्याक होम’ नामको क्याम्पेन सुरु हनुे बताइएको छ । यो
अभियानको तात्पर्य अष्ट्रेलिया वा विभिन्न मलुुकमा उच्च शिक्षाका लागि पुगेका नेपाली युवाहरुलाई नेपाल फर्किन प्रेरित गर्ने जानकारी गराएको छ।

नवनिर्वाचित अध्यक्ष विज्ञान श्रेष्ठले अधिवेशनमा यो क्षेत्रमा सकारात्मक परिवर्तनहरु ल्याउन आफूहरु लागिपर्ने बताए । ‘अष्ट्रेलिया र नेपालको सम्बन्धलाई थप बलियो बनाउन तथा यो क्षेत्रमा सकारात्मक विकासका लागि हामी काम गर्नेछौँ,’ उनले भने । 

यसमा तपाईको मत