बजार संक्षेप

मेरो घर अफर सार्वजनिक

  नागरिक   2019-11-28

काठमाडौं– मेरो घर र एनएमबी बैंकले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर सुरू गरेका छन् । ग्राहकलाई आवासीय घर बनाउन सहज सेवा र वित्तीय सुविधा दिने उद्देश्यले उक्त योजना सार्वजनिक गरिएको छ ।
योजना अन्तर्गत, जग्गाधनीले घर बनाउन एनएमबि बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ वर्षसम्मको अवधिमा भुक्तानी गर्न सक्नेछन् भने मेरोघरले ग्राहकको इच्छाअनुसार घरको डिजाइनदेखि पूर्ण–निर्माणसम्मको सेवा प्रदान गर्नेछ । त्यस्तै, घरको पूर्ण निर्माण सम्पन्न नभएसम्म वा १२ महिना अवधिसम्म किस्ता भुक्तानी गर्न नपर्ने तथा घर निर्माणका लागि शतप्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । 
ग्राहकलाई आफ्नो घर निर्माणका लागि आर्थिक सहजता दिने मात्र नभई डिजाइन तथा निर्माणको समेत सेवा दिन यस्तो योजना अघि सारिएको जारी विज्ञप्तिमा उल्लेख छ । आफ्नै जग्गा भएका जागिरे युवा तथा लामो समयदेखि घर निर्माण गर्न योजना बनाएका व्यक्तिले यस अफरको लाभ उठाउन सक्ने बताइएको छ । त्यस्तै, विदेशमा बसोबास गर्ने र आफ्ना परिवारको लागि घर बनाउन चाहनेका लागि समेत यो अफर लक्षित रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत