बजार संक्षेप

मुक्तिनाथको मोबाइल बैंकिङ अभियान

  नागरिक   2019-12-04

काठमाडौं– मुक्तिनाथ विकास बैंकले मोबाइल बैंकिङ अभियान सञ्चालनमा ल्याएको छ। अभियान अन्तर्गत हालसम्म बैंकको मोबाइल बैंकिङमार्फत कुनै पनि कारोबार नगरेका ग्राहकले नेपाल टेलिकम, एनसेल तथा स्मार्ट सेल मोबाइलमा टपअप गर्दा पहिलोपटक टपअप गरेको रकमको २० प्रतिशत क्यास ब्याक पाउने बैंकले जनाएको छ ।
अभियान आगामी फागुन १४ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ । हालसम्म बैंकबाट मोबाइल बैंकिङ सेवा लिएर पनि कारोबार नगरेका ग्राहकले पनि योजनाबाट फाइदा लिन सक्ने बैंकले जनाएको छ । यसबाट मोबाइल रिर्चाज कार्ड किन्ने झन्झटबाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिन सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत