बजार संक्षेप

मुक्तिनाथ–एनआइबिएल एस सहकार्य

  नागरिक   2020-01-08

काठमाडौं– मुक्तिनाथ विकास बैंक र एनआइबिएल एस क्यापिटलबीच एनआइबिएल सहभागिता फन्ड खरिद–बिक्री गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ तथा क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ । अब मुक्तिनाथका शाखाबाट एनआइबिएल सहभागिता फन्ड खरिद तथा बिक्रीसम्बन्धी काम गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत