बजार संक्षेप

मुक्तिनाथ विकास बैंकको खाता ई–सेवाबाट खोल्न सकिने

  नागरिक   2019-09-06

काठमाडौं– मुक्तिनाथ विकास बैंक र ई–सेवाबीच बैंकको खाता ई–सेवामार्फत खोल्न मिल्ने सम्झौता भएको छ । 
सम्झौता अनुसार ई–सेवाले नियुक्त गरेका एजेन्ट तथा प्रतिनिधिमार्फत बैंकमा बचत खाता खोल्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौता अन्तर्गत खोलिएका सबै बचत खातामा पहिलो वर्षको लागि मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध हुनेछ ।
यो सम्झौतापछि ग्राहकले खाता खोल्नकै लागि बैंक धाउनुपर्ने अवस्था अन्त्य भएको जनाइएकोे छ । बैंक सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।
बैंकको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्ष्य गरी गत भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ योजना सार्वजनिक गरेको जनाएको छ ।
 

यसमा तपाईको मत