बजार संक्षेप

मुक्तिनाथ विकास बैंक १४ वर्षमा

  नागरिक   2020-01-06

काठमाडौं– मुक्तिनाथ विकास बैंक १४ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकका अध्यक्ष भरतराज ढकालले डिजिटल माध्यमबाट एकसाथ १८ शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।
काठमाडौंको बत्तीसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनास ताल, तनँहुको आँबुखैरेनी, लमजुङको बेसीसहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी, झापाको काँकरभिट्टा, इलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहबी शाखाको उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखामा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको समेत जनाएको छ ।
बैंकले विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेसनरी तथा फर्निचर वितरण, विभिन्न अनाथालय र वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, चेपाङ संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँमा डस्टबिन वितरण, तराईका शीतलहर प्रभावित क्षेत्रमा कम्बल वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मतसम्भार तथा अस्पतालमा बिरामी कुरुवा बस्ने कुर्सी सहयोग गरेको जनाएको छ । बैंकले एक सय ३४ शाखामार्फत सेवा दिइरहेको छ । 
 

यसमा तपाईको मत