बजार संक्षेप

मुक्तिनाथ विकास बैंकले डस्टबिन बाँड्यो

    2019-08-05

काठमाडौं– मुक्तिनाथ विकास बैंकलेले टोखामा रहेको डाँफे टोल विकास संस्थालाई डस्टबिन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टोखास्थित डाँफे बजारको सरसफाइमा मद्दत पु¥याउन सहयोग गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकका टोखा शाखा प्रमुख दिनेश पन्तले संस्थाका अध्यक्ष किरणदेव पन्तलाई उक्त सहयोग हस्तातरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्बा, मोबाइल बंैकिंङ लगायत एक सय १८ शाखा तथा २२ एटिएममार्फत सेवा दिँदै आएको बैंकले जनाएको छ ।
बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आवद्ध गरी जीवन बरदान बचत खाता तथा, आकर्षक सुविधा र ब्याजदरमा आवास तथा सेयर कर्जा दिइरहेको पनि जनाएको छ । 
 

यसमा तपाईको मत