बजार संक्षेप

मुक्तिनाथ विकास बैंकको नाफा १७ प्रतिशतले बढ्यो

  नागरिक   2021-11-01

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ३४ करोड ५५ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४८ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै नेट फि कमिसन उल्लेख्य बढ्दा बैंकको नाफा बढ्न टेवा पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७.४८ प्रतिशत बढेको छ।

यसमा तपाईको मत